निर्वाचनअघि इरानमा आक्रमण नगर्ने अमेरिकी रणनीति

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार ११:०३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका छन् । उनले इरानसँग फलदायी छलफल भइरहेको बताउँदै आर्थिक र सैन्य रूपमा इरान कमजोर अवस्थामा रहेको दाबी गरेका छन् ।

ट्रम्पको घोषणाअघि अमेरिकी सञ्चारमाध्यमले ह्वाइट हाउसले इरानका सम्भावित सैन्य लक्ष्यमा आक्रमणको योजना बनाउन पेन्टागनलाई निर्देशन दिएको समाचार सार्वजनिक गरेका थिए । यसैबीच, हर्मुज जलघाँटीमा तनाव र यमनका इरानसमर्थित हुथी तथा साउदी अरबबीचको शत्रुताले कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५.८८ अमेरिकी डलरसम्म पुगेको थियो ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गरेपछि बढेको इन्धनको मूल्यप्रति अमेरिकी मतदाता असन्तुष्ट रहेको जनमत सर्वेक्षणले देखाएका छन् । युद्ध अन्त्य भएपछि मूल्य घट्ने ट्रम्पको दाबीले मतदातालाई आश्वस्त पार्न सकेको छैन ।

अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पको रिपब्लिकन पार्टीले कङ्ग्रेसमा बहुमत गुमाउन सक्ने जोखिम छ । डेमोक्रेटहरूले प्रतिनिधिसभामा बहुमत पाए आफूले तेस्रो महाभियोग सामना गर्नुपर्ने ट्रम्पले चेतावनी दिएका छन् ।

इरानले लस एन्जलस र सान डियागोमा आक्रमण गर्न सक्ने आशयको अभिव्यक्तिलाई लिएर भएको आलोचनापछि ट्रम्पले सञ्चारमाध्यमले आफ्नो भनाइको गलत व्याख्या गरेको आरोप लगाए । इरानसँग आणविक हतियार नभएको अवस्थामा पेट्रोलको मूल्यमा भएको अस्थायी वृद्धि सानो मूल्य भएको उनले बताए ।

तपाइको प्रतिक्रिया
ग्यास बुलेट पल्टिँदा पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउन कठिनाइ
रसुवा बाढीका बेपत्तालाई मृतक घोषणा गर्ने बाटो खुल्यो
एन्फाका अध्यक्ष र महासचिवलाई पक्राउ गर्न आदेश
कांग्रेस सभापतिको मतगणना तत्कालै
नेम्वाङविरुद्ध दायर भएको रिट खारेज 
एन्फाका दुई अधिकारीसँग धरौटी माग
एक द्वार सेवा प्रणाली लागू गर्न गृहको ९ बुँदे निर्देशन
घरायसी काममा सुरक्षाकर्मी प्रयोग गरे कारबाही हुने, उजुरी दिन गृह मन्त्रालयको आग्रह
पर्यटक भिसामा मोरङ आएर धार्मिक गतिविधि, दक्षिण कोरियाका २४ नागरिक प्रहरी नियन्त्रणमा (नामावलीसहित)
दलित अधिकारको कानुनमा कमजोरी नराख्न कोशीका सांसदलाई दबाब
निर्वाचनलक्षित अभियानमा नेकपा, वडा अधिवेशन पुस ११ देखि
एमालेमा पद बाँडफाँट पेचिलो, मनोनयन टुंग्याउन शनिबार फेरि बैठक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×