चीनबाटै आउँथ्यो २२ किलो सुन तस्करीको निर्देशन

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार १५:२०

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालमा बरामद करिब २२ किलो सुनको अवैध कारोबारमा चीनबाटै निर्देशन आउने गरेको खुलेको छ । चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया लेले वीच्याटमार्फत नेपालमा रहेका आफ्ना समूहका चिनियाँ नागरिकलाई सुन प्रशोधन गर्ने र तोकिएको ठाउँमा पुर्‍याउने निर्देशन दिने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी माथिल्लो भंगालस्थित एक घरबाट २१ किलो ७५०।६८ ग्राम सुन बरामद भएको जानकारी दिएको हो । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबाट परीक्षण तथा प्रमाणीकरण गरिएको उक्त सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको कार्यालयले जनाएको छ। प्रहरीले बिहीबार चिनियाँ नागरिकले भाडामा लिएको उक्त घरमा छापा मारेर सुन बरामद गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले घरमा ल्याइने लेसिलो तथा अर्धप्रशोधित सुनलाई प्रशोधन गरी तयार पार्ने र तोकिएको स्थानमा पुर्‍याउने गरेका थिए । नेपालमा सुन कहाँ पुर्‍याउने र कसलाई बुझाउने भन्ने निर्देशन झेनले वीच्याटमार्फत दिने गरेको उनीहरूले बयान दिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उक्त घर चिनियाँ नागरिक सु क्यानले मासिक तीन लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएको खुलेको छ । उनले चार महिनाको भाडाबापत १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×