२२ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक सार्वजनिक

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार १६:३५

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब २२ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ। कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन छन् । उनीहरूलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार राति बुढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूको साथबाट २१ किलो ७५० ग्राम सुन बरामद भएको जनाएको छ। सार्वजनिक गर्ने क्रममा प्रहरीले तयारी अवस्थामा राखिएका ११ वटा टुक्रामा रहेको १० किलो ९९७ ग्राम सुन र प्रशोधन गर्न बाँकी १० किलो ७५२ ग्राम सुनसमेत देखाएको थियो ।

प्रहरीका अनुसार चिनियाँ नागरिकहरूले बुढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन गर्ने ठाउँका रूपमा प्रयोग गर्दै आएका थिए । उक्त घरबाट सुन गाल्न प्रयोग गरिने मेसिनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
पर्यटक भिसामा मोरङ आएर धार्मिक गतिविधि, दक्षिण कोरियाका २४ नागरिक प्रहरी नियन्त्रणमा (नामावलीसहित)
दलित अधिकारको कानुनमा कमजोरी नराख्न कोशीका सांसदलाई दबाब
निर्वाचनलक्षित अभियानमा नेकपा, वडा अधिवेशन पुस ११ देखि
एमालेमा पद बाँडफाँट पेचिलो, मनोनयन टुंग्याउन शनिबार फेरि बैठक
रंगभेदविरुद्ध लडेकी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
कांग्रेस महाधिवेशनको मतदान समय साँझ ७ बजेसम्म थपियो
एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय
अच्युतमणि नेउपाने नायब महान्यायाधिवक्तामा बढुवा
प्रधानमन्त्री कार्यालयद्वारा एक साताको कार्यप्रगति सार्वजनिक
मन्त्रिपरिषद् बैठकः दुई जलविद्युत् परियोजनामा लगानी स्वीकृत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×