वर्षमा एकपटक खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३, मंगलबार १०:०३

काठमाडौं । वर्षमा एकपटक महानवमीका दिन मात्र सर्वसाधारणका लागि खोलिने तलेजु भवानी मन्दिर आज (मंगलबार) बिहान ५ बजेदेखि खुला गरिएको छ ।

हनुमानढोका दरबार क्षेत्रमा अवस्थित यस मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनको लाम लागेको छ । वर्षमा एक दिन मात्र दर्शन गर्न पाइने भएकाले श्रद्धालुहरू बिहानैदेखि मन्दिर परिसरमा जम्मा भएका हुन् ।

हनुमानढोका दरबार हेरचाह अड्डाले भक्तजनलाई सहज रूपमा दर्शन गराउने सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार मन्दिर आज बेलुका ६ बजेसम्म खुला रहनेछ ।

तलेजु भवानीलाई फूलपातीका दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो। देवीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने परम्परा  छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×