डेभिड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १४:३२

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको हो ।

चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेभिड मलानले सर्वाधिक ७० रन बनाए । उनले ५० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । जारी सिजनको पहिलो अर्धशतक बनाएका मलानको यो एनपीएल करिअरको दोस्रो अर्धशतक हो ।

चितवनका कप्तान रवि बोपारा ३२ रनमा अविजित रहे । उनले २६ बलमा एक चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, डान मौस्लीले २२ बलमा दुई चौकासहित अविजित २९ रन बनाए । मलान आउट भएपछि बोपारा र मौस्लीले चौथो विकेटका लागि अविजित साझेदारी गर्दै चितवनको स्कोर १५७ रनसम्म पुर्‍याए ।

चितवनले देव खनाललाई १२ र अर्जुन साउदलाई तीन रनमा गुमाएको थियो । विराटनगरका चरिथ असलंका, एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले एक–एक विकेट लिए ।

अब विराटनगर किंग्सले प्रतियोगितामा जित निकाल्न निर्धारित २० ओभरमा १५८ रन बनाउनुपर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×