कमलको कहरले विराटनगरको जित खोस्यो, चितवन ८ रनले विजयी

Share this
639shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १७:०९

काठमाडौं । अन्तिम तीन ओभरमा खेल आफ्नो पक्षमा पार्ने अवस्थामा पुगेको विराटनगर किंग्सलाई सम्हालिन नदिँदा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा रोमाञ्चक जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा चितवनले विराटनगरलाई ८ रनले पराजित गरेको हो । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो । विराटनगरलाई जितका लागि अन्तिम १८ बलमा २१ रन आवश्यक थियो । हातमा विकेट पनि बाँकी थिए । तर, कमलसिंह ऐरीले १८औं ओभरमा लगातार दुई विकेट लिएपछि खेलको दिशा बदलियो ।

कमलको कहरले विराटनगरको जित खोसेको हो । कमलले रुपेश सिंह र प्रतिश जिसीलाई लगातार बलमा पभेलियन फर्काए । त्यसपछि दबाबमा परेको विराटनगरले सम्हालिने मौका पाएन । १९औं ओभरमा रिजन ढकालले थप दुई विकेट लिएपछि चितवनको जित निश्चितजस्तै बन्यो ।

चितवनको जितमा कमल सर्वाधिक प्रभावकारी बलर बने । उनले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए । रिजन ढकालले दुई विकेट लिए भने रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एक–एक विकेट हात पारे ।

विराटनगरका लागि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्‍याएका थिए । उनले १७ बलमा एक चौका र चार छक्काको मद्दतमा ३३ रन बनाए । एन्जेलो म्याथ्युजसँग मिलेर उनले २४ बलमा ४३ रनको साझेदारी गरेका थिए । म्याथ्युज १४ रनमा आउट भए ।

ओपनर इम्रान शेखले ३९ रन बनाएर विराटनगरको इनिङ्समा सर्वाधिक योगदान दिए । उनले लोकेश बमसँग पहिलो विकेटका लागि ४० रन जोडेका थिए । लोकेशले १४ बलमा २६ रन बनाए । शुभम रञ्जाने १०, बसिर अहमद १३ र चरिथ असलंका ८ रनमा आउट भए । कप्तान सन्दीप लामिछानेले खाता खोल्न सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो । उसका लागि डाविड मलानले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ७० रन जोडे । उनले ५१ बलको सामना गरेका थिए ।

मलानले देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । देव १५ बलमा १२ रन बनाएर आउट भए । विकेटकिपर ब्याटर अर्जुन साउदले पनि अपेक्षित प्रदर्शन गर्न सकेनन् । उनी नौ बलमा तीन रन बनाएर पभेलियन फर्किए ।

मलान १३औं ओभरमा आन्द्रे रसेलको बलमा आउट भएपछि चितवनको इनिङ्स रवि बोपारा र डान मोस्लीले अघि बढाए । दुवैले तेस्रो विकेटका लागि अविजित ६७ रनको साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्‍याए । रवि ३२ र डान २९ रनमा अविजित रहे ।

चितवनले बनाएको यही योगफल जोगाउन बलरहरूले अन्तिम ओभरमा उत्कृष्ट प्रदर्शन गरे । विशेषगरी कमलको लगातार दुई विकेट र रिजनको प्रभावकारी बलिङ विराटनगरका लागि भारी पर्‍यो ।

तपाइको प्रतिक्रिया
इजरायली चुनावमा सत्ताको समीकरण अनिश्चित, नेतान्याहु र आइसेनकोटको समूह बराबरीको अवस्थामा
पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ
सुनसरीमा गाँजा र प्रतिबन्धित औषधिसहित चार जना पक्राउ
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १४२ रुपैयाँ ४९ पैसा
पहिलो हार बिर्साउँदै जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
तीन दिन भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन मौसमविद्को आग्रह
जनकपुरलाई १९ रनले हराउँदै कर्णाली याक्सको विजयी सुरुवात
अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा जोड्न माग
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
अदालतले थुनामा पठाउँदैमा कुरा सकिँदैन, सर्वोच्चले जाँच्न सक्छ
मोरङमा रिफाइन आयलको प्लान्टमा आगलागी
हिमपातको जोखिमले तीन दिन पदयात्रा अनुमति रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×