मनको मूल्य

Share this
742shares
मुलुकी खबर
मंगेश बस्नेत
clock२०८३ कात्तिक १४, शनिबार १०:४६

मन जित्नलाई त
मनै चाहिँदो रहेछ
मनबाहेक अरू त
सबै मूल्यहीन हुँदो रहेछ ।

तन, धन, शान त
केवल देखावटी मात्रै रहेछ
मन पाउनलाई त
मनै रोज्नुपर्दो रहेछ
मनबाहेक अरू त
सबै मूल्यहीन हुँदो रहेछ ।

लामो नाता गाँस्न त
मनै पवित्र हुनुपर्दो रहेछ
मुटुभित्र सुटुक्क पस्न त
मनै चोखो हुनुपर्दो रहेछ
मनबाहेक अरू त
सबै मूल्यहीन हुँदो रहेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.