दुर्घटनामा ६ जनाको मृत्यु

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार १७:३३

एजेन्सी । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सोमबार बिहान भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार उनीहरू सवार कार विपरीत दिशाबाट आइरहेको ठूलो सवारी साधनसँग ठोक्किएको थियो ।

राज्यको कुशीनगर जिल्लामा भएको दुर्घटनाका पीडितहरू आफन्तको घरमा आयोजित विवाहपूर्वको कार्यक्रममा सहभागी भएर फर्किँदै थिए ।

दुर्घटनामा घाइते भएका १२ र १७ वर्षका दुई किशोरलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.