एनपीएलमा चार टोलीको परीक्षा, विराटनगर र जनकपुरदेखि लुम्बिनी र पोखरासम्म प्रतिस्पर्धा

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार ०७:१३
फाइल तस्बिर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (मंगलबार) चार टोली मैदान उत्रिँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई खेलले प्रतियोगिताको अंकतालिकामा थप उतारचढाव ल्याउने अपेक्षा गरिएको छ ।

दिनको पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । दिउँसो १२ः३० बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान प्रवेश गर्नेछन् ।

तीन खेल खेलेको विराटनगरले एक जित निकाल्दा दुई खेलमा पराजय भोगेको छ । तुलनात्मक रूपमा राम्रो सुरुआत गरेको जनकपुरले भने तीनमध्ये दुई खेल जितिसकेको छ । त्यसैले मंगलबारको खेल विराटनगरका लागि लय समात्ने र जनकपुरका लागि जितको क्रम कायम राख्ने अवसर हुनेछ ।

मंगलबार नै साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुनेछ । दुई खेलबाट एक जित निकालेको लुम्बिनीको एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडिएको थियो । पोखरा भने प्रतियोगिताका सुरुआती दुवै खेलमा पराजित भएकाले पहिलो जितको खोजीमा हुनेछ ।

दुवै खेलमा टोलीहरूको फरक लक्ष्य देखिए पनि प्रतिस्पर्धा भने रोमाञ्चक हुने अपेक्षा गरिएको छ । विशेषगरी पोखरा र विराटनगरका लागि मंगलबारको नतिजा प्रतियोगितामा आफ्नो स्थिति सुधार्ने दृष्टिले महत्त्वपूर्ण हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.