पाथीभरामा भक्तजनको घुइँचो, एकै दिन १० हजार ६१६ जनाले गरे दर्शन

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार १५:३६
मुक्कुम्लुङ पाथीभरा केबलकार विवाद सुल्झाउन सरकारद्वारा कार्यदल गठन 

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा एकै दिन १० हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । मंगलबार १० हजार ६१६ जनाले मन्दिरमा पुगेर पूजाआजा गरेसँगै यस वर्षकै सबैभन्दा बढी दर्शनार्थीको नयाँ रेकर्ड कायम भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मंगलबार दर्शन गर्ने भक्तजनको संख्या यस वर्षकै उच्च हो । यसअघि गत कात्तिक ७ गते एकै दिन ४ हजार ३०७ जनाले पाथीभराको दर्शन गरेका थिए। मंगलबारको संख्याले उक्त रेकर्डलाई दोब्बरभन्दा बढीले उछिनेको छ।

पछिल्लो समय पाथीभरा मन्दिरमा दर्शनार्थीको आगमन उल्लेख्य रूपमा बढ्दै गएको छ। मौसम अनुकूल हुनु, पारिलो घाम लाग्नु तथा यातायात आवागमन सहज हुनुले पनि भक्तजनको चाप बढाएको क्षेत्र विकास समितिले जनाएको छ।

केही दिनयता पाथीभरा दर्शनका लागि देशका विभिन्न स्थानबाट भक्तजन आउने क्रम बढेको छ। अनुकूल मौसम र सहज यातायातका कारण धार्मिक पर्यटकको आगमन थप बढ्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
प्रेस काउन्सिल र नागरिक उड्डयनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिने
ज्येष्ठ नागरिकको सुविधा पाएपछि कात्तिक २६ मा छुट्दै रायमाझी
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
फेरिचे हेलिकोप्टर दुर्घटनाको छानबिन हुँदै
कोशीमा प्रहरीको तीनमहिने कामको समीक्षा, चाडपर्व सुरक्षामा विशेष जोड
जनकपुरलाई २ रनले हराउँदै विराटनगरको रोमाञ्चक जित
विराटनगरमा साढे दुई लाख रुपैयाँको पटका नष्ट
बीपी प्रतिष्ठानको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको जोड
माध्यमिक तह उत्तीर्णले पनि मेलमिलापकर्ता बन्न पाउने प्रस्ताव
बृहत् कम्युनिस्ट एकतामा जुट्न प्रचण्डको आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.