स्वीमिङ च्याम्पियनसिपमा एभरेस्ट स्कुलका विद्यार्थीले जिते ६ पदक

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार १९:२८

विराटनगर । नेपालगन्जमा सम्पन्न ‘तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप’ मा विराटनगरको एभरेस्ट  सेकेन्डरी स्कुलका दुई विद्यार्थीले ६ पदक जितेका छन् ।

प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत पुरव तिम्सिना र आराध्य पाण्डेले उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत र चार कांस्य पदक जितेका हुन् ।

नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगितामा पुरवले १०० मिटर र ५० मिटर ब्रेस्टस्ट्रोक दुवै विधामा दोस्रो स्थान हासिल गर्दै दुई रजत पदक जिते । त्यस्तै, आराध्यले १०० मिटर फ्रिस्टाइल, ५० मिटर ब्याकस्ट्रोक, ५० मिटर बटरफ्लाइ र ५० मिटर फ्रिस्टाइलमा तेस्रो स्थान हासिल गर्दै चार कांस्य पदक आफ्नो नाममा पारे ।

प्रतियोगितामा नेपालका सातवटै प्रदेशका साथै भारतको नयाँ दिल्ली र लखनउलगायत स्थानबाट करिब १५० खेलाडी सहभागी भएका थिए । कडा प्रतिस्पर्धाबिच एभरेस्टका विद्यार्थीले हासिल गरेको यो सफलतालाई विद्यालयले गौरवको उपलब्धिका रूपमा लिएको छ ।

विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विद्यार्थीको मेहनत, अनुशासन र दृढ संकल्पले विद्यालयलाई गौरवान्वित बनाएको बताए । उनीहरूको सफलताले विद्यालयको खेलकुद पहिचान उँचो बनाउनुका साथै अन्य विद्यार्थीलाई पनि पौडी खेलप्रति आकर्षित र प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
स्वीमिङ च्याम्पियनसिपमा एभरेस्ट स्कुलका विद्यार्थीले जिते ६ पदक
डा. केसीका माग सम्बोधन गर्न सरकारको अनौपचारिक पहल, औपचारिक वार्ता अझै अन्योलमा
संविधान संशोधनदेखि संवैधानिक राजसंस्थासम्मका मागसहित जय नेपाल पार्टीले बुझायो आठ बुँदे माग
संविधान संशोधन र राजसंस्थासहित जय नेपाल पार्टीका आठ बुँदे माग
कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ
पथरीशनिश्चरेमा ब्राउन सुगरसहित स्कुटर चालक पक्राउ
लेटाङमा हार्डवेयर पसलमा काम गर्ने युवक चक्कु प्रहारबाट घाइते
विराटनगरमा सुनचाँदी पसलको झ्याल फुटाएर चोरी
पूर्वप्रधानमन्त्री र मन्त्री मुछिएको जग्गा प्रकरण : जनही ७३ करोड ४९ लाख बिगो दाबी
प्रेस काउन्सिल र नागरिक उड्डयनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिने
ज्येष्ठ नागरिकको सुविधा पाएपछि कात्तिक २६ मा छुट्दै रायमाझी
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.