पोखरालाई हराउँदै लुम्बिनी शीर्ष स्थानमा

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार २०:५०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको १३औँ खेलमा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । जवाफमा लुम्बिनीका ओपनर आसिफ शेख र डार्सी सर्ट सस्तैमा आउट भए । आसिफ ७ रन बनाएर रनआउट भए भने डार्सी १३ रनमा विपिन खत्रीको बलमा आकाश चन्दबाट क्याच भए ।

त्यसपछि कप्तान रोहितकुमार पौडेल र निरोशन डिकवेल्लाले तेस्रो विकेटका लागि अविजित ७७ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए । रोहित ४७ र डिकवेल्ला २७ रनमा अविजित रहे । पोखराका लागि विपिन खत्रीले एक विकेट लिए । पोखराले सात जना बलर प्रयोग गरे पनि लुम्बिनीको जित रोक्न सकेन ।

त्यसअघि ब्याटिङ गरेको पोखराले कमजोर प्रदर्शन गरेको थियो । ओपनर तथा कप्तान कुशल भुर्तेलले केही समय क्रिजमा टिक्ने प्रयास गरे पनि ठूलो स्कोर बनाउन सकेनन् । पहिलो पटक प्लेइङ ११ मा स्थान बनाएका युवा खेलाडी अर्जुन कुमाल रुबेन ट्रम्पलमेनको बलमा शून्य रनमै आउट भए । वान डाउनमा आएका सादिरा समरविक्रमाले पनि ७ रन मात्रै बनाए ।

पोखराका लागि तल्लो क्रममा आएका चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए । उनले १७ बलमा दुई छक्का प्रहार गरे । मेहेदी हसन र कप्तान कुशल भुर्तेलले समान १४ रन बनाउँदा किरण ठगुन्नाले १२ रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखरालाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमेनले तीन विकेट लिए । यस सिजनको आफ्नो पहिलो खेल खेलेका उनले प्रभावशाली बलिङ गरे । तिलक वर्माले दुई विकेट लिँदा शेर मल्ल, अभिषेक गौतम र रोहित पौडेलले एक–एक विकेट लिए ।

यो जितसँगै लुम्बिनी पाँच अंकसहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएपछि एक अंक बाँडेको थियो । पोखराका लागि भने यो लगातार तेस्रो हार हो । उसले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेट र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ९ रनले पराजय बेहोरेको थियो ।

तपाइको प्रतिक्रिया
पोखरालाई हराउँदै लुम्बिनी शीर्ष स्थानमा
स्वीमिङ च्याम्पियनसिपमा एभरेस्ट स्कुलका विद्यार्थीले जिते ६ पदक
डा. केसीका माग सम्बोधन गर्न सरकारको अनौपचारिक पहल, औपचारिक वार्ता अझै अन्योलमा
संविधान संशोधनदेखि संवैधानिक राजसंस्थासम्मका मागसहित जय नेपाल पार्टीले बुझायो आठ बुँदे माग
संविधान संशोधन र राजसंस्थासहित जय नेपाल पार्टीका आठ बुँदे माग
कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ
पथरीशनिश्चरेमा ब्राउन सुगरसहित स्कुटर चालक पक्राउ
लेटाङमा हार्डवेयर पसलमा काम गर्ने युवक चक्कु प्रहारबाट घाइते
विराटनगरमा सुनचाँदी पसलको झ्याल फुटाएर चोरी
पूर्वप्रधानमन्त्री र मन्त्री मुछिएको जग्गा प्रकरण : जनही ७३ करोड ४९ लाख बिगो दाबी
प्रेस काउन्सिल र नागरिक उड्डयनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिने
ज्येष्ठ नागरिकको सुविधा पाएपछि कात्तिक २६ मा छुट्दै रायमाझी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.