
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर दुई लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँले बढेको छ । बुधबारको तुलनामा बढेर आज चाँदी प्रतितोला तीन हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य तीन हजार ३६० रुपैयाँ ५० पैसा तोकिएको छ ।

























