धनकुटामा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार २०:३७

धनकुटा । धनकुटामा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बिहीबार साँझ धनकुटा नगरपालिका-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा भएको दुर्घटनामा धनकुटा नगरपालिका-१ निगालेकी करिब ५२ वर्षीया ठोमा देवी ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार हिलेबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ०४७४ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको को १० प ९६८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो । त्यसपछि विपरीत दिशाबाट आउँदै गरेको को ३८ प ३०६८ नम्बरको अर्को मोटरसाइकलसमेत दुर्घटनामा परेको थियो ।

दुर्घटनामा को १० प ९६८ नम्बरको मोटरसाइकलमा सवार ठकुरीको घटनास्थलमै मृत्यु भएको हो । उक्त मोटरसाइकलका चालक धनकुटा नगरपालिका-३ निगालेका ५३ वर्षीय गुणराज ठकुरी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरीले जनाएको छ ।

अर्को मोटरसाइकलका चालक मोरङको विराटनगर महानगरपालिका-१ का २० वर्षीय रोशन तामाङ सामान्य घाइते भएका छन् । उनको पनि जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
धनकुटामा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
काठमाडौं गोर्खाजको विराटनगरमाथि ९ विकेटको जित
८५७ कर्मचारीको सरुवा बदर, अब नयाँ मापदण्डबाट मात्रै पदस्थापन
स्वास्थ्य सेवाको प्रभावकारिता जाँच्न प्रदेशसभाको पहल
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदै क्रिस्टियानो रोनाल्डो
आईजीपी हटाउने निर्णयको औचित्य सरकारले पुष्टि गर्छ : रवि लामिछाने
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.