नेपाल संवतले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस्ः थापा

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार ०९:५३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै थापाले नेपाल संवत् नेपालको मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताएका छन् ।

नेपाल संवत्को नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्दै उनले आपसी सद्भाव, आत्मीयता र राष्ट्रिय एकता अझ प्रगाढ बनोस् भन्ने कामना गरेका छन् ।

त्यस्तै, म्हः पूजाले सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र नयाँ आत्मविश्वास प्रदान गर्ने उनले विश्वास व्यक्त गरेका छन् । नेपालको सांस्कृतिक विविधता र एकताको भावनालाई थप बलियो बनाउँदै नयाँ वर्षले समुन्नत नेपालको साझा यात्रामा प्रेरणा दिने उनको भनाइ छ ।

थापाले ‘न्हूदँया भिन्तुना’ भन्दै सबै नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

तपाइको प्रतिक्रिया
भीमफेदी दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो
अस्ट्रेलियाबाट बाढीपहिरो पीडितलाई ६० हजार डलर सहयोग
यमनमा इन्धन पूर्वाधारमाथि हवाई हमला
मोरङको सुनवर्षीमा भीषण आगलागी: पाँच घर जलेर नष्ट 
झापाको बाहुनडाँगीमा हात्ती रोक्न साइरनदेखि सवारीसाधनसम्म परिचालन
मकवानपुरमा माइक्रो बस दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते
एनपीएलः विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
मकवानपुरमा यात्रुवाहक ईभी गाडी ५०० मिटर तल खस्यो, १४ जना सवार रहेको अनुमान
भोजपुरको वास्तिममा पाँच शय्याको अस्पताल सञ्चालन, गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.