नेपाल संवत् ११४७ सुरु, वसन्तपुरमा झाँकीसहित उत्सव

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार ११:०४

काठमाडौं । मंगलबारदेखि नेपाल संवत् ११४७ सुरु भएको छ । नयाँ वर्षको अवसरमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम, र्‍याली र शुभकामना आदानप्रदान गरी मनाइँदै छ ।

विशेषगरी नेवार समुदायले नेपाल संवत्लाई आफ्नो मौलिक नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरसहित बनेपा, धुलिखेल, बाह्रबिसे तथा दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका क्षेत्रमा नयाँ वर्षको उत्सव मनाइएको छ ।

काठमाडौंको वसन्तपुरमा विभिन्न सङ्घसंस्थाको आयोजनामा झाँकीसहितका कार्यक्रम भएका छन् । परम्परागत वेशभूषा, बाजागाजा र सांस्कृतिक प्रस्तुति सहित सहभागीहरूले नयाँ वर्षको स्वागत गरेका छन् ।

नेपाल संवत् राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ अर्थात् इस्वी संवत् ८८० मा गरिब जनताको ऋणमोचन गराएर सुरु गराएको ऐतिहासिक मान्यता छ । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको यो संवत् नेपालको नामबाट नामकरण गरिएको मौलिक संवत् हो । पृथ्वीनारायण शाहको शासनकालसम्म यसले राष्ट्रिय संवत्को मान्यता पाएको इतिहास छ ।

शङ्खधर साख्वाःको सामाजिक योगदानको कदर गर्दै सरकारले उनलाई २०५६ मा राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने अभियान लामो समयदेखि चल्दै आएकोमा २०६५ मा सरकारले यसलाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिएको थियो ।

नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले म्हः पूजा पनि गर्ने परम्परा छ । म्हः पूजामा आफ्नै शरीर र आत्माको पूजा गरी सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । यस वर्ष प्रतिपदा तिथि दुई दिन परेकाले केही स्थानमा सोमबार नै नयाँ वर्ष मनाइएको छ भने कतिपय समुदायले मंगलबार म्हः पूजा र नयाँ वर्षका कार्यक्रम गर्दैछन् ।

नेपाल संवत् नेपाली इतिहास, मौलिक संस्कृति र पहिचानसँग जोडिएको संवत् हो। यसको नयाँ वर्षले सांस्कृतिक परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई आफ्नो इतिहास र सम्पदासँग जोड्ने अवसरका रूपमा पनि महत्त्व राख्दै आएको छ ।

तपाइको प्रतिक्रिया
भीमफेदी दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो
अस्ट्रेलियाबाट बाढीपहिरो पीडितलाई ६० हजार डलर सहयोग
यमनमा इन्धन पूर्वाधारमाथि हवाई हमला
मोरङको सुनवर्षीमा भीषण आगलागी: पाँच घर जलेर नष्ट 
झापाको बाहुनडाँगीमा हात्ती रोक्न साइरनदेखि सवारीसाधनसम्म परिचालन
मकवानपुरमा माइक्रो बस दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते
एनपीएलः विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
मकवानपुरमा यात्रुवाहक ईभी गाडी ५०० मिटर तल खस्यो, १४ जना सवार रहेको अनुमान
भोजपुरको वास्तिममा पाँच शय्याको अस्पताल सञ्चालन, गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.