गणेशमान सिंहको ११२औँ जन्मजयन्ती मनाइँदै

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार ११:०७

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्मजयन्ती मंगलबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाका उदाहरणका रूपमा परिचित सिंहले प्रजातन्त्र स्थापनाका लागि जीवनभर सङ्घर्ष गरेका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह अस्वीकार गर्दै उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए । उनको यो निर्णय नेपाली राजनीतिमा त्यागको उच्च उदाहरणका रूपमा लिइन्छ ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । खानदानी परिवारमा जन्मिएका उनी राणा शासनविरुद्ध सक्रिय हुन विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्मा आबद्ध भएका थिए ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेताहरूलाई तत्कालीन सरकारले जेल हालेको थियो । विसं २००७ अघि नै भद्रगोल जेलबाट भाग्न सफल सिंह भारत पुगेका थिए । त्यहाँ उनको बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित भयो । विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई सङ्गठित र सशक्त बनाउन पनि

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.