खोटाङमा चेलीलाई माइती पुर्‍याउन निःशुल्क मोटरसाइकल सेवा

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २५, बुधबार ०९:३०

खोटाङ । आर्थिक अभावका कारण तिहारमा माइती जान नसक्ने चेलीहरूलाई घरदेखि माइतीसम्म र फर्किंदा घरसम्म पुर्‍याउन खोटाङमा निःशुल्क मोटरसाइकल सेवा सुरु गरिएको छ ।

‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत मंगलबारदेखि सेवा सुरु गरिएको अभियानका संयोजक सञ्जयकुमार राईले बताए । उनका अनुसार आर्थिक अभावका कारण माइती-मावली जान नसक्ने चेलीहरूलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।

‘दसैँका बेला चार दिन सञ्चालन गरिएको अभियानबाट ६ सय ४७ जना चेलीले सेवा पाएका थिए,’ राईले भने, ‘तिहारमा पनि त्यही अनुपातमा सेवा दिने लक्ष्य राखेका छौँ ।’

अभियानको पहिलो दिन मंगलबार १८ वटा मोटरसाइकल र एउटा अटोमार्फत १ सय ३६ जनाले सेवा पाएको अभियान सचिवालय प्रमुख निराजन ढकालले बताए ।

राईका अनुसार यो अभियान तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ । गत वर्ष ७ सय ५० र अघिल्लो वर्ष ५ सय जनाले निःशुल्क यातायात सेवा पाएका थिए ।

तपाइको प्रतिक्रिया
भीमफेदी दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो
अस्ट्रेलियाबाट बाढीपहिरो पीडितलाई ६० हजार डलर सहयोग
यमनमा इन्धन पूर्वाधारमाथि हवाई हमला
मोरङको सुनवर्षीमा भीषण आगलागी: पाँच घर जलेर नष्ट 
झापाको बाहुनडाँगीमा हात्ती रोक्न साइरनदेखि सवारीसाधनसम्म परिचालन
मकवानपुरमा माइक्रो बस दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते
एनपीएलः विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
मकवानपुरमा यात्रुवाहक ईभी गाडी ५०० मिटर तल खस्यो, १४ जना सवार रहेको अनुमान
भोजपुरको वास्तिममा पाँच शय्याको अस्पताल सञ्चालन, गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.