मंसिर १२ देखि कालापानी मिनी गोल्डकप 

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार ११:१५

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–२, कालापानीमा स्थानीय खेल प्रतिभाको पहिचान र फुटबल खेलको प्रवर्द्धन गर्ने उद्देश्यले ‘प्रथम कालापानी मिनी गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ। मंसिर १२ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक समितिले जनाएको छ।

कालापानी युनाइटेड क्लबको आयोजनामा हुने प्रतियोगिताबारे आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। प्रतियोगितामा विभिन्न स्थानका ८ वटा टिमले प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ।

प्रतियोगिताको उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, विजेता टोलीले नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडी तथा अन्य विधामा समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

स्थानीय क्षेत्रमा खेलकुदको विकास, लुकेर रहेका प्रतिभाको पहिचान र युवालाई खेलकुदप्रति आकर्षित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

प्रतियोगिताले फुटबल खेलको विकाससँगै स्थानीयस्तरमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न खेलप्रेमी, स्थानीयवासी, विभिन्न संघसंस्था, बुद्धिजीवी, समाजसेवी तथा देश–विदेशमा रहेका शुभेच्छुकलाई आर्थिक, नैतिक र भौतिक सहयोगका लागि क्लबले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.