
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत दोस्रो क्वालिफायरमा बिहीबार (आज) सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुने खेलमा दुवै टोली फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्न लागेको हो। चितवनले भने इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
आजको खेल जित्ने टोलीले उपाधिका लागि फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। एनपीएलको फाइनल खेल मंसिर ५ गते हुनेछ।



















