देउवा पक्षीय केन्द्रीय सदस्यहरूको भेला शुक्रबार

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २४, बिहीबार १४:४०

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष र महाधिवेशनको बहस चर्किएका बेला संस्थापन (शेरबहादुर देउवा) पक्षले आफ्ना केन्द्रीय सदस्यहरूको भेला आह्वान गरेको छ। सभापति देउवासँग बिहीबार भएको परामर्शपछि शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा भेला बस्ने तय भएको हो।

भेलामा संस्थापन पक्षका केन्द्रीय सदस्यहरूलाई मात्र बोलाइएको छ। शीर्ष नेताहरूलाई भने सहभागी नगराइने एक नेताले जानकारी दिए। संस्थापन पक्षबाटै जितेका २५ केन्द्रीय सदस्यहरूको समूहलाई पनि छलफलका लागि बोलाइएको छ। निर्वाचन अगावै महाधिवेशन हुन नहुने अडानमा रहेको यो पक्षले आगामी रणनीतिका बारेमा साझा धारणा बनाउन लागेको बुझिएको छ।

संस्थापन इतर पक्षले ‘विशेष महाधिवेशन’को बहस अघि सारेपछि त्यसको प्रतिवाद गर्न संस्थापन पक्षले २७ पुसमा शक्ति प्रदर्शनको तयारी गरेको छ। नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले यस भेलाको संयोजन गर्ने जिम्मा पाएका छन्।

पार्टीभित्र १५औँ महाधिवेशनको कार्यतालिका र विशेष महाधिवेशनको माग उठिरहेका बेला संस्थापन पक्षले आफ्ना सदस्य र युवा पंक्तिलाई गोलबन्द गर्न यी भेलाहरू आयोजना गरेको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.