माओवादी त्याग्दै मधेशका सांसद रहबर अन्सारीले दिए राजीनामा

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २४, बिहीबार १५:३२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) बाट मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद रहबर अन्सारीले बिहीबार पार्टी परित्याग गरेका छन्। रातो अक्षरमा लेखिएका ‘इन्कलाब’का पंक्तिहरू मार्फत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै उनले माओवादी छाडेको घोषणा गरेका हुन्।

सांसद अन्सारीले प्रचण्डलाई लेखेको पत्रमा ‘माओवादी केन्द्रका पूर्व अध्यक्ष’ भनी सम्बोधन गरेका छन्। प्रचण्डले माधव कुमार नेपाललगायतका नेताहरूसँग मिलेर पार्टीको नाम परिवर्तन गरेको केही महिनापछि अन्सारीले यस्तो निर्णय लिएका हुन्।

आफ्नो राजीनामा पत्रमा अन्सारीले गम्भीर र व्यङ्ग्यात्मक बोधार्थहरू समेत उल्लेख गरेका छन्। उनले उक्त पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, वास्तविक शहीदहरूका साथै परिवर्तनको नारा दिएर अन्ततः सत्ता र सुविधामा रमाएका अवसरवादीहरूलाई दिएका छन्।

अन्सारीको यो निर्णयसँगै मधेश प्रदेशमा माओवादीको शक्तिमा थप धक्का पुगेको छ। पछिल्लो समय पार्टीको नीति र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै माओवादीका युवा नेताहरूले पार्टी छाड्ने क्रम बढ्दै गएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.