रामहरि श्रेष्ठ हत्या प्रकरण: आरोपीलाई सफाइ दिने फैसला विरुद्धको सुनुवाइ स्थगित

Share this
805shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २४, बिहीबार १७:१९

काठमाडौँ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोगमा सफाइ पाएका गोविन्दबहादुर बटाला ‘जीवित’ विरुद्धको पुनरावलोकन मुद्दाको सुनुवाइ बिहीबार स्थगित भएको छ। महान्यायाधिवक्ता कार्यालयको अनुरोधमा उक्त मुद्दाको सुनुवाइ स्थगित गरिएको हो।

सर्वोच्च अदालतले बटालालाई सफाइ दिएपछि सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत पुनरावलोकनको निवेदन दर्ता गरेको थियो। उक्त रिटमाथि सुनुवाइका लागि बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको पूर्ण इजलासमा पेसी तोकिएको थियो।

यसअघि न्यायाधीशहरू तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले हत्यामा प्रत्यक्ष संलग्न नभएको आधार देखाउँदै बटालालाई सफाइ दिएको थियो। जबकी, काठमाडौँदेखि चितवनसम्म अपहरण गर्ने कार्यमा बटालाको प्रत्यक्ष संलग्नता रहेको दाबी अभियोग पक्षको छ। बटालाले यसअघि नै ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन्।

यसै मुद्दामा जोडिएका अर्का आरोपित सङ्कल्प भनिने अर्जुन कार्कीको हकमा भने सर्वोच्चले जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गर्दै २० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो। घटनामा संलग्न भनिएका अन्य ३ जना अझै फरार रहेकाले उनीहरूको हकमा मुद्दा मुल्तवीमा राखिएको छ।

विगतमा सर्वोच्च अदालतले नै रामहरि श्रेष्ठको अपहरणदेखि नै अपराधको सिलसिला सुरु भएको र त्यसमा संलग्नहरू कसुरदार हुने व्याख्या गरेको थियो। तर, पछि बटालाले सफाइ पाएपछि न्यायको सिद्धान्त विपरित फैसला भएको भन्दै सरकार पुनरावलोकनमा गएको हो। व्यापारी श्रेष्ठको हत्या तत्कालीन माओवादी लडाकुको शक्तिखोरस्थित शिविरमा भएको थियो।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.