एउटा कानुन बनाउन ५ वर्ष लगाउनेलाई भोट नदिनुस्: कानुनमन्त्री सिन्हा

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २४, बिहीबार १७:३६

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा गैरजिम्मेवार जनप्रतिनिधिहरूलाई बहिष्कार गर्न नागरिकहरूलाई आग्रह गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले कानुन निर्माणमा ढिलासुस्ती गर्ने र जनताप्रति उत्तरदायी नहुनेहरूलाई पुनः नचुन्न आह्वान गरेका हुन्।

मन्त्री सिन्हाले संसदीय प्रक्रियामा हुने ढिलासुस्तीप्रति कडा टिप्पणी गर्दै भने, ‘एउटा कानुन बनाउन ५ वर्ष लगाउने र त्यसको नियमावली (प्रत्यायोजित विधायन) बनाउन अर्को ५ वर्ष लगाउने जनप्रतिनिधिहरूलाई फेरि भोट हाल्न जाँदा तपाईंहरूको हात काम्नुपर्छ।’ उनले अबको निर्वाचनमा डेलिभरी दिन सक्ने, सचेत र जनताको सुख–दुःखमा पुग्न सक्ने प्रतिनिधि छान्ने मौका आएको उल्लेख गरे।

मन्त्री सिन्हाले हालैको ‘जेन–जी’ आन्दोलनले योग्य जनप्रतिनिधि छान्ने सन्देश र अवसर दिएको बताए। ‘समयमा चुनाव गर्न सरकार प्रतिबद्ध छ,’ उनले थपे, ‘५ जनाले ताली बजाऊ भन्नासाथ ताली बजाएर कानुन पारित गर्ने व्यक्तिलाई चुनेर पठाउनुभयो भने १० वर्षपछि पनि हामी यहीँ अवस्थामा फर्किनेछौँ।’

उनले आवश्यकताका आधारमा कानुन निर्माणलाई प्राथमिकता दिनुपर्ने र आपसमा बाझिने खालका कानुन बनाउन नहुनेमा समेत जोड दिए। जनताले अब ताली बजाउने कार्यकर्ता मात्र नभई कानुन निर्माणमा गम्भीर भूमिका खेल्ने नेतृत्व छान्न आवश्यक रहेको उनको तर्क थियो।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.