
विराटनगर । कोशी प्रदेश सरकारको पुनर्गठित मन्त्रीपरिषद्को बैठक बसेको छ । बिहीबार बसेको बैठकले मन्त्रीको संयोजकत्वमा समिति निर्माण गरेको छ ।
पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीको संयोजकत्मा राजनीतिक तथा प्रशासन समिति, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको संयोजकत्वमा कानुन न्याय तथा प्रदेश मामिला समिति र पूर्वाधार विकास मन्त्री प्रदिप सुनुवारको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति निर्माण गरेको हो । बैठकले कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई दिएको छ ।
























