दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुर मुद्दामा आज उच्च अदालत पाटनमा सुनुवाइ

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २५, शुक्रबार १२:१९

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र उनको परिवारका सदस्यहरूविरुद्ध दायर भएको बैंकिङ कसुर सम्बन्धी मुद्दामा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको इजलासमा यो मुद्दाको सुनुवाइ हुन लागेको हो।

प्रसाईँसहित उमा प्रसाईँ, नीराजन प्रसाईँ र आर्जु प्रसाईँलाई विपक्षी बनाइएको यस मुद्दामा सरकारी वकिलले १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरेको छ। प्रसाईँमाथि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा शंकास्पद कारोबार (राउन्ड ट्रिपिङ) गरेको र स्वार्थ बाझिने गरी आपसी पक्षहरूसँग कारोबार गरेको आरोप छ।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते प्रसाईँको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गरेको थियो। सीआईबीले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिलको कार्यालयले अभियोजन दर्ता गरेको हो। अभियोग पत्रमा पीडित राहत कोषमा क्षतिपूर्ति समेत भराउन माग गरिएको छ।

यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईँलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। सोही आदेशको निरन्तरता वा थप कानुनी प्रक्रियाबारे आजको इजलासले निर्णय लिने अपेक्षा गरिएको छ। प्रसाईँले बैंकको ऋण नतिर्ने अभियान सञ्चालन गरिरहेकै बेला यो मुद्दाले कानुनी मोड लिएको हो।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.