जेनजी अगुवा सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २५, शुक्रबार १७:२१

काठमाडौँ । पछिल्लो समय ‘जेनजी’ आन्दोलनका अगुवाका रूपमा चिनिएका सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो गृह जिल्ला गोरखाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने औपचारिक जानकारी दिएका हुन्।

आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात; नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’ उनले आफ्नो उम्मेदवारीलाई देशमा नयाँ राजनीतिक लहरको सुरुवातका रूपमा प्रस्तुत गर्न खोजेका छन्।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग नजिक देखिएका गुरुङले आफ्नो उम्मेदवारी स्वतन्त्र रहने वा कुनै दलबाट हुने भन्नेबारे भने अझै खुलाएका छैनन्। फागुन २१ गते हुने निर्वाचनका लागि उनको यो घोषणालाई नयाँ पुस्ताको राजनीतिक सक्रियताका रूपमा हेरिएको छ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.