६ कम्युनिस्ट पार्टीद्वारा चुनाव बहिष्कारको घोषणा

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार ११:५०

काठमाडौँ । ६ वटा कम्युनिस्ट पार्टीले आगामी चुनाव बहिष्कार गर्ने निर्णय गर्दै संयुक्त आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन्। सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहितका दलहरूले ‘केन्द्रीय संयुक्त संघर्ष समिति’ गठन गरी सडक आन्दोलनको कार्यतालिका सार्वजनिक गरेका हुन्।

घोषित कार्यक्रम अनुसार पुस २६ र २७ गते देशभर पर्चा वितरण गरिने छ भने २८ गते देशव्यापी रूपमा राँके जुलुस (मशाल जुलुस) प्रदर्शन गरिने छ। संघर्ष समितिले पुस २९ गते काठमाडौँ उपत्यका बन्दको आह्वान समेत गरेको छ। त्यस्तै, माघ ५ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय भएको समितिका संयोजक सीपी गजुरेलले जानकारी दिए।

आन्दोलन घोषणा गर्ने दलहरूमा गजुरेल नेतृत्वको पार्टीसँगै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, महिन्द्र मल्ल नेतृत्वको नेकपा (जनपक्ष), ऋषिराम कट्टेल नेतृत्वको नेकपा र पूर्णबहादुर सिंह ‘समरजंग’ नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेका छन्।

संयोजक गजुरेलका अनुसार यी कार्यक्रमहरू चुनाव बहिष्कारको पहिलो चरण मात्र हुन्। माघ ५ गतेको प्रदर्शनपछि दोस्रो चरणका थप सशक्त आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने उनले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.