विविधतामा एकता अपनाउन उपराष्ट्रपतिको सन्देश

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार ०७:४८
विविधतामा एकता अपनाउन उपराष्ट्रपतिको सन्देश

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकता दिवस २०८२ का अवसरमा सबै प्रकारका विभेद, वैमनस्यता र असहिष्णुतालाई त्यागी समान अवसर, सामाजिक न्याय र सांस्कृतिक सम्मानलाई आत्मसात् गर्न आग्रह गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले जातीय, धार्मिक, वर्गीय र क्षेत्रीय द्वन्द्व अन्त्य गर्दै भाइचारा, मेलमिलाप र सामाजिक सद्भाव प्रवर्द्धन गर्न एकता दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरे ।

नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत शान्ति, सुशासन र समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने उनले बताए ।

उपराष्ट्रपति यादवले पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) ले राष्ट्रहितलाई प्राथमिकता दिन र युवापुस्तामा देशप्रतिको जिम्मेवारी भावना जागृत गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.