ओलीको सन्देश : विनाशको प्रवृत्ति रोकौं, रचना र विकासको मनोबल बढाऔं

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार ०९:४८

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार (आज) परेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै समाजमा ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् भने, ‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔं । सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना ।’

आइतबार देशभर विविध कार्यक्रम गरी ३०४ औं पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.