
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएकी छिन् । पृथ्वीनारायण शाहको जन्मजयन्तीकाे अवसरमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको छ ।
चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कार्की, सञ्चारमन्त्री जगदीश खरेल, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ लगायत पुगेका छन् ।
आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउने गरिन्छ ।
























