जसपा र लाेसपाबीच १२ बुँदे सम्झाैता, संरक्षकमा बसे ठाकुर

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार १७:२८

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ ।

आइतबार यी दुई दलहरूबीच १२ बुँदे सम्झौता भएको हो । सम्झौता पछि पार्टीमा ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ । जसमा महन्थ ठाकुर संरक्षक बसेका छन् ।  अध्यक्षकाे जिम्मेवारी उपेन्द्र यादवले पाएका छन् ।

समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमति पत्रमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.