कांग्रेसमा कोही दास र मालिक छैनन् : महामन्त्री गगन थापा

Share this
831shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार १८:५२

काठमाडौं । पार्टीमा कोही मालिक कोही दास नहुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीमा सभापतिदेखि सदस्यसम्म सबैको हैसियत बराबर भएको पनि दाबी गरे ।

‘पार्टीको सदस्यहरूले आफ्नो हकको दाबी गरेको हो यो। आजबाट कांग्रेसमा लामो समयदेखि जाम भएर बसेको, पार्टी सञ्चालनको जुन तरिका थियो,’उनले भने,‘ त्यो भत्कियो, भोलि जोसुकै आओस्, पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन।’

उनले विशेष महाधिवेशनको उद्घाटनमा सभापति शेरबहादुर देउवालाई ल्याउने प्रयास गरेको भए पनि सम्भव नभएको बताए । गगनले सभापति र कार्यवाहक सभापतिबाटै उद्घाटन गराउन खोजेको भए पनि नभएको बताए ।

‘यो विचार, मूल्य र मान्यताको सङ्घर्ष हो,’ उनले भने,‘हामी यो विशेष महाधिवेशनलाई नाम मात्रै विशेष होइन विशेष बनाएर छाड्दछौँ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.