बालेन शाहले माघ ५ गते राजीनामा दिने, झापा-५ बाट चुनाव लड्ने तयारी

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार १०:५६

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ५ गते आफ्नो पदबाट राजीनामा दिने भएका छन्। प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीस्वरूप उनले मेयर पद छाड्न लागेका हुन्।

बालेनको सचिवालयका एक सदस्यले उनले राजीनामा दिने तयारी अन्तिम चरणमा पुगेको पुष्टि गरे। ‘उहाँले राजीनामा दिने निश्चित भएको छ। माघ ५ गते विधिवत् रूपमा राजीनामा आउँछ,’ सचिवालयका ती सदस्यले जानकारी दिए।

मेयर पदबाट राजीनामा दिएपछि बालेन शाह निर्वाचनको तयारीका लागि झापा–५ जाने योजनामा छन्। स्रोतका अनुसार उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने गरी आन्तरिक छलफलमा जुटेका छन्।

पछिल्लो समय बालेनको यो कदमलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। काठमाडौँ महानगरको नेतृत्व सम्हालेको केही वर्षमै राष्ट्रिय राजनीतिमा होमिन उनले यस्तो निर्णय लिएका हुन्। मेयर शाहको सम्भावित राजीनामा र झापा-५ को चुनावी प्रतिस्पर्धाले आगामी प्रतिनिधिसभा निर्वाचनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाउने देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.