कांग्रेसमा पहिलोपटक ‘प्राइमरी निर्वाचन’ को व्यवस्था गरिँदै

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार १५:०५

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्र पहिलोपटक ‘प्राइमरी निर्वाचन’ (आन्तरिक प्रतिस्पर्धा) को व्यवस्था गर्ने भएको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगनकुमार थापाले पेस गरेको राजनीतिक प्रस्तावमा यस्तो नयाँ प्रणालीको उल्लेख छ।

प्रस्ताव अनुसार अब कुनै पनि तहको निर्वाचनमा उम्मेदवार चयन गर्दा सम्बन्धित तहका सदस्यहरूबीच आन्तरिक प्रतिस्पर्धा गराइनेछ। यसरी हुने प्रतिस्पर्धामा सबैभन्दा बढी मत ल्याउने महिलासहित तीनजनामध्येबाट अन्तिम उम्मेदवार तय गरिने प्रणाली लागू हुनेछ। उम्मेदवार छनोटलाई पारदर्शी बनाउन ‘डिजिटल उम्मेदवार मूल्यांकन तथा सिफारिस प्रणाली’ समेत अपनाइने प्रस्तावमा उल्लेख छ।

यस व्यवस्थाले इच्छुक सबैलाई समान अवसर दिँदै योग्यता, क्षमता र संगठनको योगदानका आधारमा उम्मेदवार छनोट गर्ने सुनिश्चितता गर्नेछ। प्राइमरी निर्वाचनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउने र उम्मेदवार चयनमा हुने विवाद घटाउने महामन्त्री थापाको विश्वास छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.