कांग्रेसभित्र संवादको प्रयास, विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता हुँदै

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २९, मंगलबार ०७:२४

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच आज (मंगलबार) वार्ता हुँदैछ । पार्टीभित्र बढ्दो मतभेदका बीच दुवै पक्ष संवादमार्फत निकास खोज्ने प्रयासमा देखिएका छन् ।

विशेष महाधिवेशन पक्षबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा वार्तामा सहभागिता जनाइँदै छ । उनीहरूसँगै प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे पनि वार्ता टोलीमा रहनेछन् ।

यो समूहले विशेष महाधिवेशनका प्रतिनिधिहरूको तर्फबाट उठाइएका राजनीतिक र संगठनात्मक एजेन्डा संस्थापन पक्षसमक्ष राख्ने तयारी गरेको छ । संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण वार्तामा सहभागी हुने बताइएको छ ।

यद्यपि, सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा प्रत्यक्ष रूपमा सहभागी भएका छैनन् । देउवाले निकटस्थ नेतामार्फत विशेष महाधिवेशनलाई औपचारिक मान्यता नदिने संकेत दिइरहेका कारण पार्टीभित्र थप अन्योल उत्पन्न भएको छ ।

विशेष महाधिवेशन पक्षका प्रतिनिधिहरूले हालसम्मको आन्तरिक छलफलका आधारमा ५१ प्रतिशतभन्दा बढी प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तन आवश्यक रहेको निष्कर्ष निकालेको दाबी गरेका छन् । संस्थापन पक्षले मागलाई बेवास्ता गरेमा मंगलबारबाटै वैकल्पिक निर्वाचन प्रक्रिया सुरु गर्ने चेतावनीसमेत दिइएको छ ।

वार्ताको समय र स्थान भने तय भइसकेको छैन । दुवै पक्षका नेताहरूका अनुसार वार्ताले विशेष महाधिवेशनको आगामी दिशा, पार्टीको आन्तरिक शक्ति सन्तुलन र सम्भावित सहमतिका बिन्दुहरू तय गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.