नेकपाका २४९९ केन्द्रीय सदस्यले शपथ लिँदै, विकल्पमा भर्चुअल पनि

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २९, मंगलबार ०७:३८

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यहरूले आज (मंगलबार) शपथग्रहण गर्ने भएका छन् । सशरीर उपस्थित हुन नसक्नेको हकमा भर्चुअल माध्यम विकल्प छ ।

विभिन्न १७ घटक दल मिलेर बनेको नेकपाको केन्द्रीय कमिटीका सदस्यहरूका लागि शपथग्रहण कार्यक्रम दिउँसो १२ बजेबाट सुरु हुने छ । पार्टी नेता बेदुराम भुसालका अनुसार शपथग्रहण कार्यक्रममा काठमाडौंमा भौतिक रूपमा उपस्थित हुन सक्ने सदस्यहरूले प्रत्यक्ष रूपमा शपथ लिनेछन् भने विभिन्न कारणले उपस्थित हुन नसक्ने सदस्यहरूका लागि भर्चुअल माध्यमबाट पनि शपथग्रहणको व्यवस्था गरिएको छ ।

नयाँ संरचनासहित अघि बढेको नेकपाले एकैपटक ठूलो संख्यामा केन्द्रीय सदस्यको शपथग्रहण गर्न लागेको यो पहिलो हो । पार्टी नेतृत्वले यसलाई संगठनात्मक एकता र कार्यदिशा स्पष्ट गर्ने महत्त्वपूर्ण चरणका रूपमा लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.