
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन निर्वाचन समितिले मनोनयन दर्ता सुरु गरेको छ । साँझ पौने सातबजेदेखि निर्वाचन समितिले उम्मेदवारी दर्ता सुरु गरेको हो ।
आइतबारदेखि विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा निर्वाचन समितिले भने निर्वाचनको प्रक्रिया सुरु गरेको हो ।
समितिले दिउँसैदेखि उम्मेदवारका आकांक्षीहरूलाई फाराम वितरण गरेको थियो । मतदान प्रक्रिया भने बुधबारबाट सुरु हुनेछ ।
























