
काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवादले उग्र रूप लिँदै पार्टी औपचारिक विभाजनको दिशामा अघि बढेको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुला मनसुरलाई पार्टीबाट निष्कासन गर्ने कठोर निर्णय गरेको हो।
बैठकले उनीहरूलाई पार्टीको विधानविपरीत कार्य गरेको र पार्टी हितविपरीतका गतिविधिमा संलग्न रहेको निष्कर्ष निकाल्दै आगामी ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासनको घोषणा गरेको हो।
संस्थापन पक्षले पार्टीको आधिकारिक निर्णय र निर्देशनलाई चुनौती दिँदै छुट्टै गतिविधि सञ्चालन गरेको आरोप उनीहरूमाथि लगाएको छ।
























