बालेन शाहलाई पुर्ख्यौली भूमि महोत्तरीबाट उम्मेदवारी दिन दबाब

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १, बिहीबार १०:२७

धनुषा । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई आगामी निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिन आग्रह गर्दै निम्तो दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी महोत्तरीका कार्यकर्ता तथा स्थानीय युवा समाजका अगुवाहरूले काठमाडौँमा बालेनलाई भेटेर आफ्नो क्षेत्रबाट चुनाव लड्न विशेष आग्रह गरेका हुन्।

अनिल पाण्डे र विजय विनीत पाण्डे लगायतका दर्जनौँ युवाहरूको टोलीले काठमाडौँको ज्वागलस्थित कुमार व्यञ्जनकारको निवासमा बालेनसँग करिब एक घण्टा लामो छलफल गरेका थिए। भेटका क्रममा उनीहरूले महोत्तरीको वस्तुस्थिति जानकारी गराउँदै त्यहाँका जनताले बालेनलाई नै खोजेको बताएका थिए। बालेन शाहको पैत्रिक गाउँ समेत महोत्तरीको एकडारा गाउँपालिका भएकाले आफ्नै पुर्ख्यौली भूमिबाट निर्वाचन लड्न स्थानीयले निकै उत्साह देखाएको टोलीले जानकारी गराएको थियो।

जवाफमा बालेन शाहले झापाबाट चुनाव लड्ने चर्चा भइरहे पनि महोत्तरी क्षेत्र नम्बर ३ लाई पनि आफूले प्राथमिकतामा राखेको बताएका छन्। यसैबीच, आगामी माघ ५ गते महोत्तरीको पिपरामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय उद्घाटन हुने कार्यक्रम तय भएको छ। सो कार्यक्रममा बालेन शाह र रास्वपा सभापति रवि लामिछाने दुवै सहभागी हुने पाण्डेले जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.