बैंक लुट: घरधनीकै योजनामा लुटियो २ करोड ६८ लाख, ७ जना पक्राउ

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार १४:५५

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, हायुटारमा रहेको एसबीआई बैंक लुटपाटमा बैंक बसेकै घरका धनीको मुख्य संलग्नता देखिएको छ। पुस २९ गते भएको उक्त लुटपाटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले घरधनी छविलाल स्याङ्तानसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार घरधनी स्याङ्तानले नै लुटेराहरूलाई हतियार व्यवस्थापन गरिदिएका थिए। उनले बैंकको वस्तुस्थिति र सुरक्षा अवस्थाबारे सूचना आदानप्रदान गरी लुटपाटमा सघाएको अनुसन्धानबाट खुलेको छ। लुटपाटको योजना गत असोजदेखि नै बनेको थियो।

प्रहरीले लुटेराहरूको साथबाट २ करोड ६८ लाख ५५ हजार रुपैयाँ नगद बरामद गरेको छ। बैंकले ३ करोड ७ लाख लुटिएको जानकारी दिए पनि बाँकी रकमबारे अनुसन्धान भइरहेको छ। लुटेराहरूले बैंक लुट्न प्रयोग गरेको पेस्तोल भने नक्कली (प्लास्टिकको) रहेको र सो पेस्तोलसहित खुकुरी पनि प्रहरीले बरामद गरेको छ।

पक्राउ पर्नेहरू भागवत सिंह थापा (काभ्रे), चतुरमान बज्यु (सिन्धुली), शशाङ्क श्रेष्ठ (चितवन), मिलन गिरी (नुवाकोट), विवेक मगर (नुवाकोट), छविलाल स्याङ्तान (घरधनी, सिन्धुली) र एक जना १६ वर्षीय बालक छन् ।

लुटेराहरू पहिलो पटक पुस २३ मा दुईवटा मोटरसाइकलमा काठमाडौँबाट सिन्धुली पुगेका थिए, तर परिस्थिति अनुकूल नभएपछि फर्किए। दोस्रो पटक पुस २९ मा कोटेश्वरबाट बनेपासम्म सार्वजनिक बसमा र बनेपाबाट टाटा सुमो रिजर्भ गरेर घटनास्थल पुगी बैंक लुटेको खुलेको छ।

पक्राउ परेकाहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.