टिकट नपाएपछि पूर्वसांसद यज्ञजित शाहले छाडे एमाले

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ५, सोमबार १३:४५

बुटवल । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा एवं पूर्वसांसद यज्ञजित शाहले नेकपा (एमाले) परित्याग गरेका छन्। आगामी निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारको आकांक्षी रहेका शाहले टिकट नपाउने निश्चित भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्।

एमालेले रुपन्देही-३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि शाह असन्तुष्ट बनेका थिए। ९ वर्षअघि केपी ओली र विष्णु पौडेललाई भेटेर एमाले प्रवेश गरेका उनले पार्टीमा अवसरवादीहरूको वर्चस्व बढेको र निष्ठावान कार्यकर्ताको औचित्य नरहेको आरोप लगाएका छन्।

पार्टीभित्र अवसर नपाएको गुनासो वि.सं. २०३८ सालदेखि रुपन्देहीमा बसोबास गर्दै आएका शाहले ९ वर्षसम्म पार्टीमा रहँदा पनि कुनै अवसर नपाएको गुनासो राजीनामा पत्रमा उल्लेख गरेका छन्। ‘पार्टीमा अवसरवादीहरू धेरै भए, यहाँ बसिरहनुको अब कुनै औचित्य छैन,’ उनले भनेका छन्।’ पार्टीको सक्रिय राजनीतिमा रहेर पनि उम्मेदवारी छनोटमा उपेक्षा गरिएपछि उनले एमालेसँगको यात्रा टुङ्ग्याएका हुन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.