नेपाली कांग्रेसद्वारा हिमाली जिल्लाका उम्मेदवारको टुङ्गो, अन्य क्षेत्रमा छलफल जारी

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ५, सोमबार १५:१५

काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्लाका उम्मेदवारहरूको नाम टुङ्ग्याएको छ। पार्टीभित्रको विशेष महाधिवेशनपछिको आन्तरिक विवादका बीच नेताहरूबीचको सहमतिमा हिमाली जिल्लाको उम्मेदवारी तय गरिएको हो।

सहमहामन्त्री फरमुल्लाह मन्सुरका अनुसार पार्टीले हिमाली भेगका अधिकांश क्षेत्रमा नाम निश्चित गरिसकेको छ भने केही स्थानमा प्राविधिक मिलाउन बाँकी नामहरू टुङ्गिएलगत्तै सार्वजनिक गरिनेछ। ‘हिमाली जिल्लाका उम्मेदवारहरूको टुङ्गो लागेको छ, केही नामहरू मिलाउन बाँकी छन्, ती मिलाएपछि आधिकारिक रूपमा सार्वजनिक गरिनेछ,’ सहमहामन्त्री मन्सुरले जानकारी दिए।

हिमाली जिल्लाबाहेकका अन्य क्षेत्रका उम्मेदवारहरू छनोट गर्न पार्टीका शीर्ष नेताहरू निरन्तर वार्तामा रहेका छन्। बाँकी जिल्लाहरूको उम्मेदवारी पनि आज अपराह्नसम्म टुङ्ग्याउने गरी छलफल भइरहेको मन्सुरले बताए। पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र निर्वाचनको संवेदनशीलतालाई ध्यान दिँदै सहमतिमै सबै उम्मेदवारको टुङ्गो लगाउने कांग्रेसको तयारी छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.