अन्तिम समयमा ईश्वर पोखरेलले पाए टिकट काठमाडौँ-५ बाट चुनाव लड्ने

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ५, सोमबार १७:३८

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेल काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट पुनः प्रतिनिधिसभा निर्वाचन लड्ने निश्चित भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा आएर पोखरेललाई टिकट दिएका हुन्।

गत ११ औँ महाधिवेशनमा पोखरेलले अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँगै प्रतिस्पर्धा गरेका थिए। एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाका अनुसार नेता पोखरेलले भोलि माघ ६ गते मंगलबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गर्नेछन्।

यसअघि उम्मेदवारको प्रारम्भिक चर्चामा पोखरेलको नाम नभएपछि अध्यक्ष ओलीले उनलाई टिकट नदिएको भन्दै पार्टीभित्र र बाहिर आलोचना समेत भएको थियो। पार्टीभित्रको आन्तरिक समीकरण र शक्ति सन्तुलन मिलाउनका लागि अन्तिम समयमा ओलीले पोखरेललाई उनकै पुराना क्षेत्रबाट मैदानमा उतार्ने निर्णय लिएको विश्लेषण गरिएको छ।

भोलि माघ ६ गते देशभर मनोनयन दर्ताको कार्यतालिका रहेकाले एमालेले काठमाडौँका अन्य क्षेत्रका उम्मेदवारहरूलाई पनि अन्तिम तयारीमा रहन निर्देशन दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.