
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार हुने भएका छन् । कांग्रेस नेता सुवास कुमार पोखरेलले सभापति थापा सर्लाही ४ बाट लड्ने निश्चित भएको जानकारी दिए ।
थापा यसअघि ३ निर्वाचनमा काठमाडौँ २४ बाट उम्मेदवार बनी निर्वाचित भएका थिए । काठमाडौं–४ मा अब कांग्रेसले कसलाई उम्मेदवार बनाउँछ भन्ने विषयले पनि नयाँ चासो जगाएको छ। सभापति थापाको यो ‘बोल्ड’ कदमले चुनावी नतिजामा कस्तो असर पार्छ, त्यो भने हेर्न बाँकी छ।
























