निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएका दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

Share this
797shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ६, मंगलबार १६:००

काठमाडौँ। मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। सोमबार पोखराबाट पक्राउ गरी काठमाडौँ ल्याइएका उनलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँको आदेशमा छाडिएको हो।

प्रसाईंले निर्वाचन आयोगका पदाधिकारीहरूले ५२ करोड रुपैयाँ घुस खाएर नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्ष (गगन थापा नेतृत्व) लाई आधिकारिकता दिएको गम्भीर आरोप लगाएका थिए। सामाजिक सञ्जाल र सार्वजनिक भाषणमार्फत संवैधानिक निकायको मानमर्दन गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार, सरकारी वकिल कार्यालयको निर्देशनपछि प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको हो। उनीमाथि लागेको आरोपबारे अनुसन्धान भने जारी रहने प्रहरीले जनाएको छ। पछिल्लो समय प्रसाईंले विभिन्न राजनीतिक दलका नेता र संवैधानिक निकायविरुद्ध विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्। यसअघि पनि उनी साइबर अपराध लगायतका विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन्।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.