झापा-५ मा चुनावी सरगर्मी: रास्वपा उम्मेदवार बालेन शाह घरदैलोमा व्यस्त

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ७, बुधबार १०:३८

दमक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) बुधबार बिहानैदेखि मतदातासँगको भेटघाटमा व्यस्त भएका छन्। वैकल्पिक राजनीतिको पक्षमा जनमत बटुल्न उनी यतिबेला झापाका विभिन्न स्थानमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

भेटघाटका क्रममा शाहले दमक नगरपालिका वडा नम्बर ५ स्थित चुनावी सम्पर्क कार्यालयमा स्थानीय बासिन्दासँग अन्तरक्रिया गरे। स्थानीयले आफ्ना समस्या र अपेक्षा राखेका थिए भने शाहले विकासका एजेन्डा र समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा स्पष्ट पारे। काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका शाहलाई रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गढ मानिने झापा क्षेत्र नम्बर ५ मा शाहको उम्मेदवारीले यस क्षेत्रलाई देशभरकै ‘हाइ-प्रोफाइल’ र चासोको केन्द्र बनाएको छ। यस क्षेत्रमा एमालेका ओली, रास्वपाका शाह र नेकपाका रञ्जित तामाङबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। चुनावी प्रचारको सुरुवाती चरणमै देखिएको मतदाताहरूको उत्साहले यसपटकको प्रतिस्पर्धा रोचक हुने संकेत गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.