नेपालकै एक मात्र तेस्रो लिङ्गी उम्मेदवार नुमा लिम्बू : मोरङ ४ बाट चुनावी मैदानमा

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ७, बुधबार २०:०५
नेपालकै एक मात्र तेस्रो लिङ्गी उम्मेदवार नुमा लिम्बू : मोरङ ४ बाट चुनावी मैदानमा

विराटनगर । नेपाली राजनीतिमा समावेशिताको बहस भइरहँदा मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट एक साहसपूर्ण र ऐतिहासिक उम्मेदवारी परेको छ । समावेशी समाजवादी पार्टीकी अध्यक्ष नुमा लिम्बूले आगामी निर्वाचनका लागि सो क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी हुन् । उनी यो निर्वाचनमा नेपालकै एक मात्र तेस्रो लिङ्गी महिला उम्मेदवार हुन् ।

लामो समयदेखि सीमान्तकृत समुदायको हकहित, पहिचान र अधिकारका लागि संघर्ष गर्दै आएकी लिम्बूले आफ्नो उम्मेदवारीलाई ‘अस्तित्वको लडाइँ’ भनेकी छन् । उनले आफ्नो प्रतिनिधित्व कसैको विरुद्धमा नभई वर्षौंदेखि राज्यको मूलधारबाट बहिष्कारमा परेको समुदायको आवाज संसद्सम्म पुर्‍याउनका लागि भएको स्पष्ट पारिन् ।

नेपालको पहिलो संविधानसभामा सुनिलबाबु पन्तको प्रतिनिधित्वपछि संसद्मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उपस्थिति छैन । नुमा लिम्बूले सोही रिक्ततालाई चिर्न र लोकतन्त्रलाई वास्तविक अर्थमा समावेशी बनाउन आफूले कदम चालेको बताइन् । ‘यो केवल मेरो प्रतिनिधित्वको कुरा होइन, यो हाम्रो जीवन, अधिकार र भविष्यसँग जोडिएको गम्भीर न्यायको विषय हो,’ उनले भनिन् ।

उम्मेदवार लिम्बूले देशका स्थापित नेताहरू गगन थापा, रवि लामिछाने, बालेन शाह, पुष्पकमल दाहाल, केपी शर्मा ओली, राजेन्द्र लिङ्देन र कुलमान घिसिङलगायतलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारीलाई समर्थन गर्न र सहयोग पुर्‍याउन हार्दिक अनुरोध गरेकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.