रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी हो: हर्क साम्पाङ

Share this
808shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार १५:०४

सुर्खेत। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भारतको प्रयोजनमा बनेको पार्टी भएको आरोप लगाएका छन्। शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष साम्पाङले पुराना दलहरूबाट अब देशको निकास सम्भव नभएकाले उनीहरूलाई भोट नदिन आग्रह गरे। उनले नयाँ दलहरूको नियतमाथि पनि प्रश्न उठाए। ‘रास्वपाले स्वाधीनताको पक्षमा कहीँ बोलेको छैन, यो भारतको प्रयोजनमा बनेको पार्टी हो,’ उनले दाबी गरे।

साम्पाङले आफूले बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङलाई विभिन्न प्रश्न सोधे पनि उनीहरूले जवाफ नदिएको बताए। ‘जेनजी आन्दोलन’ का बेला तीन करोड जनतामध्ये आफूले मात्रै देश सम्हाल्ने तागत देखाएको उनले जिकिर गरे।

देशमा इमानदार नेतृत्वको खाँचो रहेको भन्दै उनले देश बनाउने स्पष्ट भिजन आफ्नो पार्टीसँग मात्रै रहेको ठोकुवा गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.