प्रयोग गर, फल टिप यस्तै खेल चलिरहँदा…

Share this
731shares
मुलुकी खबर
दीपेन्द्र अधिकारी
clock२०८२ माघ १०, शनिबार ०८:२३
एजेन्डा नै ओझेल, अनुहारको हल्ला भारी,
हावाले बोक्छ चुनाव, नीतिको सल्ला भारी।
प्रयोग गर, फल टिप- यस्तै खेल चलिरहँदा,
भाग्य ढुक्क हुन्छ कहिले? प्रश्नै पल्ला भारी॥

—

अमिल्दो चरित्र फेरि – फेरि देखिँदा कति सहनु,
इन्द्रजितको माया – जालमा प्रिय भनी कति बहनु।
आज यता, भोलि उता गर्दा मन नै थाक्छ एकदिन,
सम्मानले जहाँ बाँच्न सकिन्छ, त्यहीँसम्म हो रहनु ॥

—

म देशको झण्डा हुँ, कसैको झगडाको टालो हैन,
स्वार्थ ढाक्ने ओढ्ने, नारा- भाषणको जालो हैन।
सम्मानले फहराउने हो, आगो र भीडबाट जोगाऊ,
म इतिहासको शान हुँ- मेट्नेले ओढ्ने मालो हैन॥

– – –

पहिला नेता उचाल्ने, पछि थेचार्ने खेल देखियो,
कहिले एउटामाथि हमला, कहिले अर्को बोकियो।
नेताले पत्रकारिता, पत्रकारले राजनीति गरे देशमा,
अब जनता उठ्ने बेला आयो औँला आफैँ सोझियो॥
– – –
चेतनशील छौँ हामी – त्यसैले त प्रस्टै बोल्नुपर्छ है,
इमानदार र बहादुर युवा – भुइँमै खुट्टा टेक्नुपर्छ है।
झुक्याएर घुसेकाहरू ढाड टेकी टाउकोमा हान्छन् रे,
देशभक्तहरू सबै शसक्त भई यो संकट छेक्नुपर्छ है॥

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×